नेप्से परिसूचक साढे सात अङ्कले वृद्धि

काठमाडौँ, १९ मङ्सिर : साताको अन्तिम दिन आज धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक झण्डै साढे सात अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से ७.४५ अङ्कले बढेर एक हजार १३१.९२ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.९१ अङ्कले बढेर २४८.७७ मा पुगेको छ ।

पछिल्लो दुई दिनदेखि धितोपत्र बजारमा सुधार देखिएको छ । परिसूचक बढेसँगै कारोवार रकममा पनि वृद्धि भएको छ । आज कूल १६८ कम्पनीका १० लाख ९५ हजार १८८ कित्ता शेयर रु ३५ करोड ८८ लाख ३९ हजार ८६० मा खरिदबिक्री भएका छन् ।

स्टकका अनुसार कारोवार भएका कूल १२ उपसमूहमध्ये उत्पादन उपसमूहको शेयर ओरालो लागेको छ । सो उपसमूहको शेयर १५.१४ अङ्कले घटेको हो । बैंकिङ २.११ अङ्कले बढ्दा व्यापार १६.३७, होटल १६.४७, विकास बैंक ६.५३, जलविद्युत् ८.७३, फाइनान्स १.५८, निर्जीवन बीमा ७१.९९, अन्य ४.२, माइक्रोफाइनान्स २४.५५, जीवन बीमा १५३.२१ र सामूहिक लागनी कोषको शेयर ०.११ अङ्कले बढेको छ ।

कारोवार रकमका आधारमा आज नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा रह्यो । सो कम्पनीको शेयर रु तीन करोड ५१ लाख ३१ हजार ८०१ मा खरिदबिक्री भयो । यस्तै एनएमबी बैंकको रु दुई करोड २२ लाख ४८ हजार ५२०, स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको रु एक करोड २६ लाख ६१ हजार २१७, नेपाल बैंक लिमिटेडको रु एक करोड २४ लाख १६ हजार ७९१, हिमालयन डिस्टिलरी लिमिटेडको रु एक करोड १७ लाख ३२ हजार ७०५, सामुदायिक लघुवित्त वित्तीय संस्थाको रु एक करोड १३ लाख ३८ हजार ६७४ र एनआइसी एशिया बैंकको शेयर रु ९८ लाख ७९ हजार १४५ मा खरीदबिक्री भयो ।

परिसूचक बढे पनि दिव्यश्वरी हाइड्रोपावरका शेयरधनीले सबैभन्दा बढी ७.०१ प्रतिशतले गुमाए । यस्तै बरुण हाइड्रोपावर ३.७०, माहुली सामुदायिक लघुवित्त वित्तीय संस्था ३.६८, महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था ३.५७, सिन्धु विकास बैंक ३.२२, बोटलर्स नेपाल (तराई) लिमिटेड ३.०१ र एनएलजी इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले २.९८ प्रतिशतले गुमाए ।

स्टकका अनुसार आज सबैभन्दा बढी समिट लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ७.७८ प्रतिशतले कमाए । यस्तै गणपति माइक्रोफाइनान्स वित्तीय संस्था ६.८८, सामुदायिक लघुवित्त वित्तीय संस्था ६.७७, नविल इक्विटी फण्ड ५.३१, गुराँस लाइफ इन्स्योरेन्स कम्पनी ५.२६, साल्ट ट्रेडिङ कर्पोरेशन ५.१६ र सिभिल लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ५.१० प्रतिशतले कमाए ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.