धितोपत्र बजारमा सुधार कायमै

काठमाडौँ, १८ मङ्सिर : धितोपत्र बजारमा सुधारको यात्रा आज पनि जारी रह्यो । नेपाल स्टक एक्सचेन्जका अनुसार आज शेयर कारोबार मापक नेप्से परिसूचक ८.७३ अङ्कले बढेर एक हजार १२४.४७ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १.५२ अङ्कले बढेर २४७.८६ मा अडिएको छ ।

परिसूचक बढेसँगै कारोबार रकममा पनि सुधार आएको छ । आज कुल १६९ कम्पनीका नौ लाख ९० हजार २७४ कित्ता शेयर रु ३० करोड ८२ लाख १४ हजार ४६५ मा खरिदबिक्री भयो । कारोबार भएका कुल १२ समूहकै शेयर उकालो लागेको छ । बैङ्किङ २.९६ अङ्कले बढ्दा व्यापार २.५९, होटल ४.१, विकास बैङ्क १०.५५, जलविद्युत् ३.०४, फाइनान्स २, निर्जीवन बीमा १०१.६५, उत्पादन २.४१, अन्य ५.६१, माइक्रोफाइनान्स ३३.०४, जीवन बीमा १४२.९१ र सामूहिक लगानी कोषको शेयर ०.०९ अङ्कले बढेको छ ।

कारोबार रकमका आधारमा आज नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको शेयर सबैभन्दा बढी खरिदबिक्री भयो । सो बैङ्कको शेयर रु दुई करोड ८२ लाख ४२ हजार ९१६ मा खरिदबिक्री भयो । यस्तै एनआइसी एसियाको रु एक करोड ९३ लाख ६० हजार ७४६, एनएमबी बैङ्कको रु एक करोड ७२ लाख ५० हजार ४०१, हिमालयन डिस्टलरीको रु एक करोड ६६ लाख ९८ हजार ७२३, जनउत्थान सामुदायिक लघुवित्त विकास बैङ्कको रु एक करोढ ५४ लाख ३९ हजार ३६१ र एभरेष्ट इन्स्योरेन्सको शेयर रु एक करोड १७ लाख ४१ हजार ५५२ मा खरिदबिक्री भयो ।

परिसूचक बढेपनि वरुण हाइड्रोपावरका लगानीकर्ताले ७.९७ प्रतिशतले गुमाए । यस्तै घोडीघोडा लघुवित्त वित्तीय संस्था ५.०१, सिन्धु विकास बैङक ४.६१, कालिका पावर कम्पनी ३.७०, नविल इक्विटी फण्ड २.९०, रिडि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी २.७० र स्पर्श लघुवित्त वित्तीय संस्थाका शेयरधनीले २.३७ प्रतिशतले गुमाए ।

प्रभु इन्स्योरेन्स कम्पनीका शेयरधनीले ८.५० प्रतिशतले कमाए । यस्तै गुराँस लघुवित्त वित्तीय संस्था ७.८५, लुम्बिनी जनरल इस्योरेन्स कम्पनी ७.७२, महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था र स्वरोजगार लघुवित्त विकास बैङ्क ७.७१, सिभिल लघुवित्त वित्तीय संस्था ७.६९ तथा दिव्यश्वरी हाइड्रोपावरका लगानीकर्ताले ७.५५ प्रतिशतले कमाए ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.