तेह्रौँ साग: महिला भलिबलमा नेपाललाई रजत 

तेह्रौ दक्षिण एशियाली खेलकुद प्रतियोगिताअन्तर्गत मङगलबार दशरथ रंगशालास्थित कर्भडहलमा भएको भारत र नेपाल बीचको फाइनल खेलमा नेपालका महिला भलिबल टिम दोस्रो भई रजत पदक जित्न सफल भएका खेलाडीहरु उपराष्ट्रपति नन्दबहादुर पुनलगायतसँग सामुहिक तस्वीर खिचाउँदै ।
तस्वीर: प्रदीपराज वन्त

काठमाडौँ, १७ मङ्सिर : तेह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग)अन्तर्गत महिला भलिबलमा नेपाल भारतसँग पराजित भएपछि रजत पदकमै सिमित भएको छ । नेपाल भारतसँग फाइनलमा ३–२ ले पराजित भएको हो ।

तेह्रौ दक्षिण एशियाली खेलकुद प्रतियोगिताअन्तर्गत मङगलबार दशरथ रंगशालास्थित कर्भडहलमा भएको भारत र नेपाल बीचको फाइनल खेलमा विजेता भारतीय महिला भलिबल टिमका खेलाडीहरु सामुहिक तस्वीर खिचाउँदै ।
तस्वीर: प्रदीपराज वन्त

त्रिपुरेश्वरस्थित कभर्ड हलमा भएको फाइनलमा नेपालले पहिलो सेट १७–२५ अङ्कले गुमायो । नेपालले लगातार दोस्रो र तेस्रो सेट जित्दै खेल आफ्नो पक्षमा पा¥यो । नेपालले दोस्रो सेट २५–२४ अङ्कले तथा तेस्रो सेट २५–२१ अङ्कले जितेको हो । चौथो सेट नेपालले २०÷२५ अङ्कले गुमायो । अन्तिम सेट एकतर्फी रुपमा भारतलाई सुम्पिए पछि नेपाल इतिहास रच्नबाट चुक्यो । भारतले उक्त सेट १५÷६ अङ्कले जित्यो ।

नेपालले सागमा महिला भलिबलमा रजत पदक हात पारेको पहिलो पटक हो । यसअघि नेपालले सन् १९९९, २००६ र २०१६ मा कास्य मात्रै जितेको थियो । भारतले आजै सम्पन्न सागअन्तर्गतको पुरुष भलिबलमा पाकिस्तानलाई ३–१ ले हराउँदै स्वर्ण पदक जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.