मेस्सीले जिते छैटौंपटक बालोन डी’ओर
काठमाडौं, १७ मंसिर : बार्सिलोनाका अर्जेन्टाइन फरवार्ड लिओनल मेस्सीले छैटौंपटक बालोन डी’ओर अवार्ड जितेका छन् । फ्रान्स फुटबल म्यागजिनले प्रदान गर्ने यस अवार्डमा मेस्सी वर्षको उत्कृष्ट खेलाडी घोषित भएका हुन् ।
मेसीको यो छैटौं बालोन डी’ओर अवार्ड हो । यसका लागि उनले भिर्गिल भान डायक र क्रिस्टियानो रोनाल्डोलाई पछि पारे ।
मेसीले यसअघि सन् २००९, १०, ११, १२ र २०१५ मा यस अवार्ड जितेका थिए । रोनाल्डोले ५ पटक अवार्ड जितेका छन् ।
महिलातर्फ अमेरिकी खेलाडी मेगन रापोनी उत्कृष्ट घोषित भएकी छन् ।
यस्तै,लिभरपुलका एलिसन बेकरले उत्कृष्ट गोलकिपर अवार्ड जिते ।
विश्वभरका फुटबल टिमका कप्तान, प्रशिक्षक तथा खेल पत्रकारहरूको मतको आधारमा यस अवार्ड प्रदान गरिन्छ ।
