साग: भारत र पाकिस्तान पुरुष भलिबलको फाइनलमा  

काठमाडौँ, १५ मङ्सिर : भारत र पाकिस्तान १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग)अन्तर्गत पुरुष भलिबलको फाइनलमा प्रवेश गरेका छन् । आज भएका सेमिफाइनल खेलमा भारतले श्रीलङ्कालाई तथा पाकिस्तानले बङ्गलादेशलाई पराजित गरेको हो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद्को कभर्ड हलमा भएको पहिलो सेमिफाइनलमा भारतले श्रीलङ्कालाई २७–२५, २५–१९, २१–२५ र २५–२१ अङ्कले पराजित ग¥यो । अर्को सेमिफाइनलमा पाकिस्तानले बङ्गलादेशलाई २५–१५, २५–२१ र २६–२४ अङ्कले हराएको हो ।

खो खोमा नेपालको दोहरो जित

सागअन्तर्गत खो खोमा नेपालले दोहोरो जित हात पारेको छ । खो खो खेलको पहिलो दिन आज नेपालले पुरुष र महिला दुवै टोली विजयी भएको हो ।

खो खो पुरुषतर्फ नेपालले बङ्गलादेशलाई २१–१९ अङ्कले पराजित ग¥यो । महिलातर्फ पनि नेपालले बङ्गलादेशलाई नै ११–९ अङ्कले हराएको हो । आजै खो खोमा नै भारतले पनि दोहोरो जित हासिल गरेको छ । पुरुषतर्फ भारतले श्रीलङ्कालाई २१–८ तथा महिलातर्फ श्रीलङ्कालाई नै ३२–४ अङ्कले पराजित गरेको हो । खो खोमा चार राष्ट्रका खेलाडी मात्र सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.