साग: महिला भलिबलको फाइनलमा नेपाल

दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताअन्र्तगत महिला भलिबलमा नेपाल र ७नतसीलङकाबीचको खेलमा विजयीपछि नेपाली खेलाडी ।
तस्वीर: रोशन सापकोटा

काठमाडौँ, १४ मङ्सिर : १३औँ दक्षिण एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा श्रीलंकाविरुद्ध नेपाल विजयी भएकोछ ।

शनिबार राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भएको दोस्रो सेमिफाइनलमा नेपालले श्रीलंकाविरुद्ध ३–० को सोझो सेटको जित निकालेको हो ।

नेपालले प्रतिभा मालीको उत्कृष्ट प्रदर्शनमा २५–१४, २५–१८ र २५–२१ को जित निकाल्यो । नेपालको जितमा प्रतिभा मालीले सर्वाधिक २० अंक जोडिन । यस्तै सरस्वती चौधरीले १७ अंक जोडिन । यससँगै नेपाली महिलाले ऐतिहासिक सफलता प्राप्त गरेको छ । यसअघि भएका सागमा नेपालले कास्य पदक मात्र हात पार्न सकेको थियो । यो जितसँगै नेपालले कम्तिमा रजत पदक पक्का गरेको छ ।

श्रीलंकाले दोस्रो र तेस्रो सेटको खेलमा भने सुधारिएको प्रदर्शन ग¥यो । उसले तेस्रो सेटमा सुरुवाती अग्रता लियो । तर नेपालले उत्कृष्ट पुनरागमन गर्दै खेल आफ्नो पक्षमा पा¥यो ।

यो जितसँगै फाइनलमा नेपालले स्वर्ण पदकका लागि भारतसँग भिड्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.