विमानस्थलबाट ८ किलो सुनसहित दुई चिनियाँ पक्राउ

काठमाडौँ, १३ मङ्सिर : हङकङबाट नेपाल एयरलाइन्सको विमान हुँदै नेपाल आएका दुई चिनियाँ नागरिक ८ किलो  सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।

बिहीबार राति ११ बजे दुई चिनियाँ नागरिकलाई ४/४ किलो सुनसहित पक्राउ गरिएको हो । नियन्त्रणमा लिइएकामा चेन होङयाङ र चेन क्वीनहाङ छन् ।

उनीहरुमाथि अनुसन्धान जारी रहेको विमानस्थल प्रहरी प्रमुख डिआईजी सूर्य उपाध्यायले बताए ।
पक्राउ परेका दुबैजनालाई महानगरीय प्रहरी वृत्त गौशाला राखिएको छ । पक्राउ परेका व्यक्ति सुनको मालिक हुन् वा अरु हुन् भन्नेबारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.