गैँडाको आक्रमबाट गम्भीर घाइते  

चितवन, १० मङ्सिर :  पश्चिम चितवनको अन्द्रयैली भन्ने स्थानमा गैँडाको आक्रमणबाट एक व्यक्ति घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार घाइते हुनेमा भरतपुर महानगरपालिका–२८ का ५५ वर्षीय चन्द्रमणि सापकोटा रहनुभएको छ ।

सापकोटालाई बिहान घरमा बसिरहेको अवस्थामा गैँडाले आक्रमण गरेको हो । गैँडाको आक्रमणबाट गम्भीर घाइते सापकोटाको नारायणी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । उहाँको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.