पूर्वस्वीकृति लिएर मात्र गतिविधि गर्न दूतावासको आग्रह

काठमाडौँ, २९ असोज : कतारको दोहास्थित नेपाली दूतावासले त्यहाँको स्थानीय कानून र प्रचलन प्रतिकूल हुने गरी गतिविधि नगर्न नेपाली समुदायलाई आग्रह गरेको छ ।

कतार सरकारको सम्बन्धित निकायबाट पूर्वस्वीकृति नलिइ नेपाली समुदायबाट भेला÷बैठक आयोजना गर्ने, चन्दा सङ्कलन गर्ने गरेको पाइएको भन्दै दूतावासले त्यस्तो आग्रह गरेको हो ।

नेपाली समुदायबाट कतारको प्रचलित कानूनविपरितका गतिविधि भइरहेको भन्दै स्थानीय प्रशासनले दूतावासको ध्यानाकर्षण गराएको थियो । दूतावासले स्थानीय सरकारका सम्बन्धित निकायबाट पूर्वस्वीकृति लिएर राजनीतिक, सामाजिक र धार्मिक गतिविधि सञ्चालन गर्न नेपाली समुदायमा सूचित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.