नेपाली टोली स्वदेश फिर्ता  

काठमाडौँ, २४ असोज : नेपाली राष्ट्रिय क्रिकेट टोली सिङ्गापुर र ओमानमा भएका दुई वटा टी ट्वान्टी क्रिकेट सिरिज खेलेर आज स्वदेश फर्किएका छन् ।

टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय खेलकूद परिषद् राखेपका सदस्यसचिव रमेशकुमार सिलवालले स्वागत गर्नुभयो । सिङ्गापुरमा भएको तीन देश सहभागी सिरिजमा नेपाल जिम्बावेसँग दुवै खेलमा पराजित भएको थियो ।

त्यस्तै नेपालले सिङ्गापुरलाई एक खेलमा पराजित गरेको थियो भने एक खेल वर्षाका कारण रद्द भएको थियो । सिङ्गापुरबाट सिधै ओमान गएको नेपाली टोलीले त्यहाँ पाँच देशीय टी–ट्वान्टी सिरिज खेलेको थियो । जसमा नेपालले नेदरल्यान्डस् र हङकङलाई पराजित गरेको थियो भने आयरल्यान्ड र ओमानसँग पराजित भएको थियो ।

उक्त प्रतियोगितामा नेपालसहित ओमान, हङकङ, नेदरल्यान्डस् र आयरल्यान्ड सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.