नेप्से परिसूचक झिनो अङ्कले सुधार 

काठमाडौँ, ६ असोज : साताको पहिलो दिन दोहोरो अङ्कले घटेको नेप्से परिसूचक आज भने झिनो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार शेयर कारोबार मापक नेप्से परिसूचक १.७३ अङ्कले बढेर एक हजार १४०.९८ मा पुगेको छ ।

यस्तै सेन्सेटिभ परिसूचक ०.१० अङ्कले बढेर २४९.८१ मा पुगेको छ । परिसूचक बढेपनि कारोबार भने अत्यन्त न्यून रह्यो । आज कुल १७० कम्पनीको सात लाख ४३ हजार ३१५ कित्ता शेयर रु १७ करोड ७२ लाख ७९ हजार ०३९ मा खरिदबिक्री भयो ।

कारोबार भएका कूल १२ मध्ये नौ उपसमूहको शेयर बढेको छ भने तीन उपसमूहको शेयर ओरालो लागेको छ । बैङ्किङ ०.४४, व्यापार ८.१८, होटल २.२७, विकास बैङ्क २.७६, निर्जीवन बीमा ८.३५, उत्पादन ८.४५, अन्य ३.९५, लघुवित्त ३.७९ र जीवन बीमा १६.५९ अङ्कले बढे । त्यस्तै जलविद्युत् ०.६८, वित्त ०.१७ र सामूहिक लगानी कोष ०.०६ अङ्कले घटे ।

स्टकका अनुसार कारोबार रकमका आधारमा प्रभु बैङ्क शीर्ष स्थानमा रह्यो । सो बैङ्कको शेयर रु एक करोड २५ लाख २३ हजार ४४७ मा खरीदबिक्री भयो । त्यसैगरी शिवम् सिमेन्ट रु एक करोड २० लाख ५२ हजार ५०३, सिद्धार्थ बैङ्क रु ८५ लाख २८ हजार ७३३, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु ८३ लाख २६ हजार ९७८, कृषि विकास बैङ्क रु ७१ लाख ३२ हजार ४१३ र नेपाल बङ्गलादेश बैङ्क लिमिटेडको शेयर रु ५९ लाख ६८ हजार ५०० मा खरिद बिक्री भई शीर्ष स्थानमा रह्यो ।

परिसूचक बढेपनि युनियन हाइड्रोपावरका शेयधनीले ३.७७ प्रतिशतले गुमाए । यसैगरी माउन्टेन हाइड्रो नेपाल ३.७०, आँखुखोला जलविद्युत् कम्पनी ३.४४, ग्लोबल आइएमई समुन्नत स्किम–१ को ३.३६ र पञ्चकन्या माई हाइड्रोपावर कम्पनीका शेयरधनीले ३.२६ प्रतिशतले गुमाए ।

साल्ट ट्रेडिङ कर्पोरेशनका लगानीकर्ताले ४.९४ प्रतिशतले कमाउँदा सिर्जना फाइनान्स वित्तीय संस्था ३.९०, जोशी हाइड्रोपावर डेभलपमेन्ट ३.५१, साइन रेसुङ्गा डेभलपमेन्ट बैङ्क ३.२७ र हिमालयन पावर पार्टनरका लगानीकर्ताले ३.०८ प्रतिशतले कमाए ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.