नेकपाद्वारा छ महानगरका अध्यक्ष र सचिव मनोनय

काठमाडौँ, ४ असोज : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले छ वटा महानगरपालिकामा पार्टीको अध्यक्ष र सचिवको मनोनय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सचिवालय बैठकले काठमाडौँ महानगरपालिकाको अध्यक्षमा निर्मल देउला र सचिवमा रवीन्द्र श्रेष्ठ तथा ललितपुर महानगरको अध्यक्षमा मञ्जली शाक्य र सचिवमा ज्ञानेन्द्र शाक्यलाई चयन गरेको हो ।

त्यसैगरी पोखरा महानगरको अध्यक्षमा दीपक पौडेल र सचिवमा विश्वप्रकाश लामिछाने, भरतपुर महानगरको अध्यक्षमा रामप्रसाद न्यौपाने र सचिवमा ईश्वर सापकोटा, वीरगञ्ज महानगरको अध्यक्षमा रहबर अन्सारी र सचिवमा डा विश्वम्भर शर्मा तथा विराटनगर महानगरमा अध्यक्ष सागर थापा र सचिवमा हेम कार्कीलाई मनोनय गरिएको बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

साङ्गठनिक एकतासँग बाँकी रहेका विषय छिट्टै बस्ने सचिवालय बैठकले टुङ्गो लगाउने उहाँले बताउनुभयो

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.