जापानमा एक नेपालीको निधन 

बागलुङ, ३१ भदौ : गलकोट नगरपालिका–७ मल्मका ४१ वर्षीय गङ्गा थापाको जापानमा निधन भएको छ । कमलपित्त रोगबाट पीडित थापाको जापानको सिन्जुकुस्थित अस्पतालमा उपचारका क्रममा सोमबार निधन भएको गैरआवासीय नेपाली सङ्घ जापानका सदस्य शिबु थापाले जानकारी दिनुभयो ।

दुई साताअघि रेष्टुराँमा काम गरिरहेका बेला एक्कासी बेहोस भएपछि उहाँलाई अस्पताल भर्ना गरिएको थियो । गङ्गा १४ वर्षअघि रोजगारीका सिलसिलामा त्यहाँ पुग्नुभएको थियो । उहाँको अन्तिम संस्कार बुधबार जापानमै गरिने भएको छ । उहाँका श्रीमती, एक छोरा र एक छोरी छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.