जुडोमा नेपाल पराजित

काठमाडौँ, १३ भदौ : एशियन गेम्स अन्तर्गत आजदेखि शुरु भएको जुडोमा नेपालका इन्द्रबहादुर श्रेष्ठ र देविका खड्का पहिलो चरणमै पराजित भएका छन् ।

आज भएको पुरुष ६६ केजीमुनिको राउण्ड अफ ३२ को स्पर्धामा नेपालका श्रेष्ठ उत्तर कोरियाका किम ह्योङ अनसँग १०–० ले पराजित भए । श्रेष्ठ कोरियाली खेलाडीसँग १ मिनेट २१ सेकेण्डमै पराजित भएको राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले जनाएको छ ।

यसैगरी महिला ५२ केजीमुनिको तौल समूहमा खड्का जापानकी नातसुमी तिसुनोदासँग १०–० को अन्तरमा पराजित भइन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.