लालबकैया खोलामा डुङ्गा पल्टिँदा धेरै यात्रु बेपत्ता

रौतहट, ९ भदौ : रौतहट जिल्लाको गौरनगरपालिका–४ मा पर्ने लालबकैया खोलाको टिकुलीयाघाटमा आज साँझ डुङ्गा दुर्घटना भएको छ । स्थानीयका अनुसार डुङ्गामा ३५ देखि ४० जना सवार थिए ।

खोला पार गर्ने क्रममा डुङ्गा पल्टिँदा त्यसमा सवार धेरै यात्रु बेपत्ता छन् । त्यसमध्ये जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी उपरीक्षक केदार ढकालको नेतृत्वमा गएको टोलीले १५ जनालाई उद्धार गरेको छ ।

प्रहरी उपरीक्षक ढकालका अनुसार खोलामा पानी सतह बढेका कारण अनियन्त्रित भई डुङ्गा पल्टिएको थियो । अन्य बेपत्ताको खोजी कार्य जारी रहेको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.