बजेट अधिवेशन जेठ १३ गतेदेखि

विराटनगर, ६ जेठ : प्रदेश नंं १ को बजेट अधिवेशन यही जेठ १३ गतेबाट शुरु हुने भएको छ ।

प्रदेश सरकारले यस अधिवेशनमा आर्थिक वर्ष २०७६/७७ का लागि नीति तथा कार्यक्रम र बजेट प्रस्तुत हुने प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिनुभयो । पहिलो बैठक दिउँसो १ बजे बस्ने जनाइएको छ ।

यसअघिका तेस्रो अधिवेशनसम्म २९ वटा विधेयक पारित भएको छ । आगामी चौथो अधिवेशनमा प्रदेश निजामती विधेयक, प्रदेश लोकसेवा आयोग र क्षमता विकास प्रतिष्ठान विधेयक ल्याउने सरकारले तयारी गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.