पर्यटन प्रवर्द्धन गर्न अभियान शुरु

काठमाडौँ, २ जेठ : नेपाल भ्रमण वर्षलाई लक्षितगरी पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्ड, हिमालयन बैंक र अमेरिकन एक्सप्रेसको समन्वय र सहकार्यमा एक्सपेरियन्स नेपाल अभियान शुरु भएको छ ।

अमेरिकन एक्सप्रेस कार्ड प्रयोगकर्ता विदेशीलाई स्वदेशी प्राकृतक सौन्दर्यता, मौलकतिा र विविधताका बारे जानकारी गराई नेपालमा भ्रमणका लाग आर्कषित गर्ने अभियानको मुख्य उद्देश्य हो । तीनै संस्थाले बेवसाइट, सामाजक सञ्जाललगायत माध्यमबाट प्रचार गर्ने जनाइएको छ ।

राजधानीमा आयोजित पत्रकार सम्मेलनमा हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर राणाले अभयािनमार्फत् नेपाललाई विदेशमा प्रवर्द्धन गरी स्वदेशमा उनीहरुको गन्तव्य विस्तार गर्ने जानकारी दिनुभयो । पर्यटन बोर्डका कार्यकारी अधिकृत दीपकराज जोशी र अमेरिकन एक्सप्रेसका दिव्या जैनले पर्यटन प्रवर्द्धनका साथै स्थानीय व्यवसायलाई प्रोत्साहन गर्ने विचार व्यक्त गर्नुभयो ।

सन् २०२० जुनसम्म जारी रहने अभियानमा यहाँ घुम्न आउने ती पर्यटकलाई हिमालयन बैंकको ८० भन्दा बढी मर्चेन्ट पार्टनर होटल, रेष्टुराँ, साहसिक खेल पर्यटन, स्थानीय कलाकृत खरीदमा विशेष छुट तथा अन्य सुवधाि उपलब्ध गराइने छ । करीब २६ वर्ष अगााड स्थापना भएको उक्त बैंकले देशभर ५७ शाखा कार्यालय, ११५ एटिएम र दुई हजार ६०० भन्दा बढी मर्चेन्ट, कार्ड व्यवसायमा उच्च प्रगति गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.