आर्मी र पुलिस फुटबलको फाइनलमा

राँझा, १० वैशाख : आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताअन्तर्गत पुरुष फुटबलमा नेपाल पुलिस क्लब र आर्मी क्लब फाइनल प्रवेश गरेको छ । नेपालगञ्ज रङ्गशालामा भएको सेमिफाइनल खेलमा एपिएफलाई २–१ गोल अन्तरले पराजित गर्दै पुलिसले फाइनल यात्रा तह गरेको हो । पुलिसका लागि रवि पासवान र तेज तामाङले गोल गरे ।

एपिएफका आशिष लामाले गोल फर्काए । खेलको नवौँ मिनेटमा रविले गोल गर्दै पुलिसलाई अग्रता दिलाए । खेलको ३४औँ मिनेटमा पुलिसले अग्रता लियो । बहत्तरौँ मिनेटमा एपिएफका आशीष लामाले गोल गरे । पुलिसले उपाधिका लागि विभागीय टोली आर्मीसँग बुधबार प्रतिस्पर्धा गर्नेछ । आर्मीले प्रदेश ५ लाई ३–२ गोलले हराउँदै फाइनल प्रवेश गरेको हो ।

ह्याण्डबल पुरुषमा गण्डकी र महिलामा आर्मी

आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताअन्तर्गत राष्ट्रिय ह्याण्डबलको पुरुषमा गण्डकी र महिलामा आर्मी च्याम्पियन बनेका छन् । दुवै फाइनलमा एपिएफ चुक्यो । नेपालगञ्ज रङ्गशाला परिसरमा भएको पुरुष फाइनलमा गण्डकीले एपिएफलाई ३७–३३ गोलले पराजित ग¥यो । गण्डकीका सन्तोष श्रेष्ठले सर्वाधिक १६ गोल गरे । एपिएफका लोकेन्द्र चन्द र सन्दीप कार्कीले १०–१० गोल गरे । आर्मीले प्रदेश ३ लाई ४२–२४ गोलले हराउँदै कास्य जित्यो ।

महिला फाइनलमा आर्मीले एपिएफलाई १७–१४ गोलले पाखा लगायो । आर्मीकी कविता राईले आठ गोल गरिन् । एपिएफबाट साधना बमले चार गोल गरिन् । गण्डकीले प्रदेश १ लाई ७–५ गोलले पन्छाउँदै कास्य जित्यो । विजेतालाई राष्ट्रिय खेलकूद परिषद् (राखेप)का उपाध्यक्ष पिताम्बर तिम्सिना, राखेपका सदस्य राजेश गुरुङलगायतले पुरस्कार वितरण गरे ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.