आठौँ राष्ट्रिय खेलकूद : विभागीय टोली सेमिफाइनलमा
राँझा, ९ वैशाख : आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताअन्तर्गत नेपालगञ्जमा जारी भलिबल प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लब, एपिएफ क्लब र पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेका छन् ।
बाँकेको खजुरास्थित शुक्र भलिबल कोर्टमा जारी प्रतियोगितामा पुलिसले समूह ‘ख’को विजेता र एपिएफले उपविजेताका रुपमा अन्तिम चारमा स्थान बनाएका हुन् ।
पुरुष भलिबलमा आर्मी क्लबले कर्णाली प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । आर्मी २५–१४, २५–१८ र २५–११ अङ्कले विजयी भयो । यस्तै अर्को खेलमा एपिएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई ३–० सोझो सेटमा पराजित ग¥यो । एपिएफले सो खेल २५–२२, २५–१८ र २५–१३ अङ्कले जितेको हो ।
सोमबार महिला भलिबलमा प्रदेश ३ ले गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित ग¥यो । प्रदेश ३ ले २५– ११, २५–१९ र २५–१५ अङ्कले विजयी भयो । अर्को खेलमा एपिएफ क्लबले पुलिस क्लबलाई ३–० सोझो सेटले हरायो । एपिएफले २५–१८, २५–१६ र २५–१७ अङ्कले पराजित गरेको प्रशिक्षक सलिना श्रेष्ठले जानकारी दिनुभयो ।
ह्याण्डबल : गण्डकी र एपिएफ फाइनलमा
आठौँ राष्ट्रिय प्रतियोगिताअन्तर्गत आज भएको महिला र पुरुष ह्याण्डबलका सेमिफाइनल खेल सम्पन्न भएका छन् । प्र्रतियोगितामा पुरुषतर्फ गण्डकी प्रदेश र एपिएफ क्लब फाइनल प्रवेश गरेका छन् । महिला ह्याण्डबलमा त्रिभुवन आर्मी क्लब र एपिएफ फाइनल पुगेका छन् ।
पुरुषतर्फ गण्डकी प्रदेशले प्रदेश ३ लाई ४०–१८ ले पराजित ग¥यो । अर्को खेलमा एपिएफ क्लबले त्रिभुवन आर्मी क्लबलाई ३२–२६ ले किनारा लगायो । तेस्रो स्थानका लागि प्रदेश ३ र आर्मीबीच तथा गण्डकी र एपिएफबीच मङ्गलबार फाइनल खेल हुने नेपाल ह्याण्डबल सङ्घका अध्यक्ष तेजबहादुर गुरुङले जानकारी दिनुभयो ।
महिला ह्याण्डबल
जिल्ला प्रशासन कार्यालय, बाँकेको परिसरमा आज भएको महिला ह्याण्डबलमा त्रिभुवन आर्मी क्लब र एपिएफ क्लब विजयी हुँदैै फाइनल प्रवेश गरेका छन् । आर्मीले प्रदेश १ लाई ३८–१७ ले तथा एपिएफ क्लबले गण्डकी प्रदेशलाई २२–४ ले हराउँदै फाइनल प्रवेश गरेको छ । मङ्गलबार गण्डकी प्रदेश र प्रदेश १ बीच तथा आर्मी र एपिएफबीच खेल हुनेछ ।
