पटनामा अन्तर्राष्ट्रिय कराते तथा किक बक्सिङ

पटना, ८ वैशाख : भारतको बिहार राज्यको राजधानी पटनामा सोमबारदेखि अन्तर्राष्ट्रिय कराते तथा किक बक्सिङ च्याम्पियनशिप शुरु हुँदै छ । प्रतियोगितामा नेपालसहित आयोजक भारत, श्रीलङ्का, भूटान, बङ्गलादेशलगायत खेलाडी सहभागी हुनेछन् ।

पटनास्थित इण्डोर स्टेडियममा हुने उक्त च्याम्पियनशिपको सबै तयारी पूरा भएको अल इण्डिया कराते फेडेरेशनका अध्यक्ष राजु थापाले जानकारी दिनुभयो । च्याम्पियनशिपमा भाग लिन नेपालबाट जापान गोजुरियो कराते डो मिसन सङ्घका प्रमुख प्रशिक्षक केवी रानाको नेतृत्वमा टोली पटना आइपुगेको छ । टोलीमा २६ खेलाडी र नौ पदाधिकारी रहेका छन् ।

नेपालबाट विभिन्न उमेर समूह र तौल समूहमा रुपा राना, दिलमाया कोइराला, विपिन राना, सन्तु थारू, अमन सोती मगर, छिरिङ गुरुङ, दिलबहादुर बुढाथोकी र सन्दीप चौधरीले प्रतिस्पर्धा गर्नेछन् ।

यस्तै अन्य खेलाडीमा सुमन परियार, सन्दीप चौधरी, शिवानी बस्नेत, विबिन गुरुङ, सुनिल रावल, रोशन राना, इशा सारु, आकृति राना, प्रियङ्का थापा, शाहिल गुरुङ, जीवन पुन, मिलन श्रीश, प्रसुन शाही, सरोज क्षेत्री, आदित्य क्षेत्री, विवेक सेन ठकुरी, गौरव पौडेल र अमीशा पोखरेलले प्रतिस्पर्धा गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.