नेपाल एग्रो लघुवित्तको साधारण शेयर खुल्यो

काठमाडौँ, ८ वैशाख : नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण शेयरको बिक्री आजदेखि शुरु भएको छ । सो संस्थाले रु एक करोड ६१ लाख ७७ हजार ८०० बराबरको एक लाख ६१ हजार ७७८ कित्ता साधारण शेयर बिक्री गर्न लागेको हो । कूल जारी पूँजीको ३२.५ प्रतिशत साधारण शेयर बिक्री गर्न लागिएको बताइएको छ ।

साधारण शेयर बिक्री बन्द छिटोमा यही वैशाख ११ गते र ढिलोमा आगामी जेठ ६ गते हुने छ । शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबीआइ मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ । सो संस्थाको साधारण शेयरमा न्यूनतम १० देखि अधिकतम ८०० कित्तासम्म आवेदन दिन पाइने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.