भैरहवामा पनि ‘ब्रोकर’ कार्यालय

खस्यौली, २ वैशाख : शेयर खरीद तथा बिक्री गर्नका लागि रुपन्देहीको भैरहवामा नयाँ ‘ब्रोकर’ कार्यालय स्थापना भएको छ ।

सो कार्यालयसँगै रुपन्देहीमा शेयर खरीद तथा बिक्री गर्ने कार्यालयको सङ्ख्या ६ पुगेको छ । सिद्धार्थनगर नगरपालिका–८ स्थित नारायणपथ, भैरहवामा भिजन सेक्युरिटिज प्राली (३४) नं को शाखा स्थापनापछि शेयर खरीद तथा बिक्री गर्न लगानीकर्ता भैरहवाबाट बुटवल आउनुपर्ने अवस्थाको अन्त्य भएको छ ।

“केही लगानीकर्ता आइरहनुभएको छ,” भिजन सेक्युरिटिज प्रालि (३४) नं ब्रोकर कार्यालय, भैरहवाका सुदीप रिमालले भन्नुभयो । भैरहवामा शेयर खरीद तथा बिक्री कार्यालय नहुँदा लगानीकर्ता बुटवल आउनुपर्ने बाध्यता थियो ।

बुटवलमा एशियन सेक्युरिटिज, दक्षिणकाली सेक्युरिटिज, आर्यनतारा इन्भेष्ट कम्पनीलगायत पाँच ब्रोकर कार्यालय छन् । पछिल्लो समय व्यवस्थापन सङ्कायका विद्यार्थी, व्यापारी, शिक्षक लगायतले शेयरमा लगानी गर्न थालेको बताइएको छ ।

बुटवलमा रहेका पाँच ब्रोकर कार्यालयबाट दैनिक रु एक करोडको हाराहारीमा शेयर कारोवार हँुदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.