लुक्लामा विमान दुर्घटना, प्रहरी सहायक निरीक्षक खड्का र कोपाइलट ढुंगानाको मृत्यु

सोलुखुम्बु, १ वैशाख : सोलुखुम्बुस्थित तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा समिट एयरको विमान दुर्घटना भएको छ ।

पार्किङ गरी राखिएको हेलिकप्टरसँग आज बिहान ९.२० बजे उड्न लागेको समिट एयरको विमान ठेक्किँदा दुर्घटना भएको सोलुखुम्बुका मुख जिल्ला अधिकारी नरेन्द्रकुमार रानाले जानकारी दिनुभयो ।

लुक्ला विमानस्थलमा समिट एयरको विमान रनवेबाट टेकअफ गर्ने क्रममा पार्क गरी राखिएको मनाङ एयरको हेलिकप्टरसँग ठोकिन्न पुग्दा पर्यटक प्रहरी लुक्लामा कार्यरय प्रहरी सहायक निरीक्षक राम बहादुर खड्का र समिट एयरको कोपाइलट एस ढुंगानाको मृत्यु भएको ।

लुक्ला विमानस्थलमा कार्यरत प्रहरी सहायक निरीक्षक रुद्र बहादुर श्रेष्ठ घाइते भई उपचारका लागि काठमाडौंतर्फ ल्याइएकोमा थप उपचारको क्रममा मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ । समिट एयरमा रहेका ४ जना यात्रुको अवस्था सकुशल रहेको बुझिन आएको छ ।

विमानमा के कति यात्रु सवार थिए भन्ने पुष्टि भएको छैन । प्रत्यक्षदर्शी जीतबहादुर कार्कीका अनुसार विमान ठोक्किएलगत्तै आगो लागेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.