सञ्जुको तीन राष्ट्रिय कीर्तिमान

काठमाडौँ, ५ भदौ : इण्डोनेशिया जारी १८औँ एशियाली खेलकूदअन्तर्गत भारोत्तोलनतर्फ नेपालकी सञ्जु चौधरीले आज तीनवटा राष्ट्रिय कीर्तिमान बनाएकी छिन् ।

महिला ५३ केजी तौल समूहमा सञ्जुले स्न्याचमा ७२ र क्लिन एण्ड जर्कमा ८६ केजी गरी कूल १५८ केजी तौल बहन गर्दै तीन राष्ट्रिय कीर्तिमान बनाएकी हुन् ।

सञ्जुले आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान भङ्ग गरेकी हुन् । यसअघि नेपालगञ्जमा भएको एशियालयी खेलकूद छनोटमा स्न्याचमा ७१ र क्लिन एण्ड जर्कमा ८५ केजी गरी कूल १५६ केजी भार बहन गर्दै कीर्तिमान बनाएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.