खेलकूद पत्रकार मञ्चमा सुवेदी

काठमाडौँ, २२ चैत : खेलकूद पत्रकारको छाता सङ्गठन नेपाल खेलकूद पत्रकार मञ्चको अध्यक्षमा दुर्गानाथ सुवेदी निर्वाचित हुनुभएको छ ।

आज भएको १५औँ साधारणसभाले सुवेदीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । सुवेदीले अध्यक्ष पदका अर्का उम्मेदवार प्रकाश तिमिल्सिनालाई १४ मतले पराजित गर्नुभयो । सुवेदीले ५५ मत तथा तिमिल्सिनाले ४१ मत प्राप्त गर्नुभयो ।

प्रथम उपाध्यक्षमा सञ्जीव शिल्पकार निर्विरोध निर्वाचित हुनुभयो । उपाध्यक्षमा ध्रुव तुलाधर ७१ र निरञ्जन अधिकारी ५७ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ ।

यस्तै महासचिवमा प्रज्वल ओलीले ६३ मत प्राप्त गरी निर्वाचित हुनुभयो । पराजित भएका पवन आचार्यले ३३ मत प्राप्त गर्नुभयो ।

सचिवमा गोविन्द रेग्मी ५८ मत प्राप्त गरी विजयी हुनुभयो भने पराजित आदर्श ढकालले ३८ मत प्राप्त गर्नुभयो ।

कोषाध्यक्षमा अञ्जन खड्का निर्विरोध चयन हुनुभयो । महिला सदस्यमा मुना कार्की निर्विरोध तथा खुलातर्फ दिल तामाङले ५०, हिमविक्रम केसीले ४४ र अनिल मल्ल ठकुरीले ३६ मत प्राप्त गर्दै विजयी हुनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.