श्रीलङ्काका क्याप्टेनद्वारा प्रहरीसँग क्षमायाचना

कोलम्बो, १८ चैत : श्रीलङ्काको टेष्ट क्रिकेट टिमका क्याप्टेन दिमुथ करुणरत्नेले सोमबार प्रहरीसँग क्षमायाचना गर्नुभएको छ ।

मादक पदार्थ सेवन गरेर सवारी साधन चलाईरहेका बेला प्रहरीले उहाँलाई अनुचित व्यवहार गरेको भन्दै पक्राउ गरेको थियो । उहाँको सवारी साधन एउटा ट्याक्सीसँग ठोक्किएको र ट्याक्सीका चालक घाइते समेत भएपछि घटना थप विवादित बनेपछि उहाँले प्रहरीसँग माफी माग्नु परेको हो ।

घटनामा दोषी देखिएपछि ३० बर्षिय करुणरत्नेको सवारी चालक अनुमतीपत्र रद्ध गरिएको प्रहरी अधिकारीहरुले जनाएका छन् । उहाँलाई आगामी मे २ तारिखका दिन ट्रायलको समय पनि तोकिएको छ । देशका चर्चित क्रिकेट खेलाडी करुणारत्नेको स्वास्थ्य परिक्षण गर्न समेत लगाइएको छ ।

“गत आइतबार उहाँले गतल दिशाबाट सवारी चलाएपछि ट्याक्सीसँग ठक्कर खाएको थियो भने ट्याक्सीका चालक घाइते भएर अस्पताल लैजानु परेको थियो,” एक प्रहरी अधिकारीले भने ।

प्रहरीको यो आरोपलाई स्विकार्दै श्रीलङ्कामा राष्ट्रिय क्रिकेट खेलाडी करुणरत्नेले आफ्नो तर्फबाट गल्ती भएकोमा क्षमायाचना गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.