विधिसम्मत तरिकाले पार्टी चलेको छैन : नेता सिंह

भद्रपुर, १० चैत : नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंहले वर्तमान नेतृत्वले विधिसम्मत तरिकाले काङ्ग्रेस पार्टी चलाउन नसकेको भन्दै पार्टीलाई संस्थागत गर्नुपर्ने बताउनुभएको छ ।

झापाको विर्तामोडमा आज कार्यकर्ता भेटघाटमा पूर्वउपप्रधानमन्त्रीसमेत रहनुभएका नेता सिंहले काङ्ग्रेसमा केन्द्रीय सदस्य स्वतःमहाधिवेशन प्रतिनिधि हुने व्यवस्था र समानुपातिक सिटमा एकै व्यक्तिलाई आरक्षण दिइरहने प्रवृत्तिको अन्त्य अनिवार्य हुनुपर्ने बताउनुभयो ।

काङ्ग्रेस केन्द्रीय अनुशासन समितिका संयोजक भीष्मराज आङ्देम्बेले देश विखण्डनको मुद्दा बोक्ने सिके राउतसँग विवादास्पद सम्झौता र विप्लव नेतृत्वको पार्टीलाई प्रतिबन्ध गरेर सरकारले देश विखण्डनतर्फ लैजान लागेको आरोप लगाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.