प्रदेशसभा सदस्य मल्ल प्रहरीको सम्पर्कमा

धनगढी, २४ फागुन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट निर्वाचित सुदूरपश्चिम प्रदेशसभा सदस्य देवकी मल्ल सकुशल अवस्थामा प्रहरीको सम्पर्कमा आउनुभएको छ ।

गृह जिल्ला बझाङमा पार्टीको कार्यक्रममा भाग लिएर फर्किदै गर्दा प्रदेशसभा सदस्य मल्ल आज सम्पर्कविहीन हुनुभएको हल्ला चलेको थियो । बझाङको बिजगडामा उहाँ सकुशल अवस्थामा प्रहरीको सम्पर्कमा रहनुभएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक प्रवीण धितालले टेलिफोनमा जानकारी दिनुभयो ।

उहाँ अपहरणमा परेको वा नपरेकोबारे पुष्टि हुन नसकेको धितालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.