दक्षिण एशियाली शारीरिक सुगठन असारमा

काठमाडौँ, २२ फागुन : नेपालमा आयोजना हुने १२औँ संस्करणको दक्षिण एशियाली शारीरिक सुगठन प्रतियोगिता असार पहिलो साता हुने भएको छ । नेपाल शारीरिक सुगठन तथा फिट्नेस सङ्घले आज यहाँ पत्रकार सम्मेलन गरी प्रतियोगिता असार ६ र ७ गते हुने जानकारी दिएको हो ।

प्रतियोगितामा नेपालसहित भारत, पाकिस्तान, भूटान, अफगानिस्तान, श्रीलङ्का, माल्दिभ्स र बङ्गलादेशको सहभागिता रहने नेपाल शारीरिक सुगठन तथा फिट्नेस सङ्घका अध्यक्ष राजेशबाबु श्रेष्ठले जानकारी दिनुभयो । प्रज्ञाभवन कमलादीमा हुने उक्त प्रतियोगितामा शारीरिक सुगठनतर्फ ५५, ६०, ६५, ७०, ७५, ८०, ८५, ९० र ९० किलोमाथिको तौल समूहमा प्रतिस्पर्धा हुनेछ । पुरुष फिट्नेस फिजिकलमा १७० सेन्टिमिटर र १७० सेन्टिरमिटर उचाइमाथि तथा महिला एथलेटिक्स फिजिकलतर्फ १६५ सेन्टिमिटर र १६५ सेन्टिमिटर उचाइमाथि प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा ‘विश्व बडी बिल्डिङ एण्ड फिजिकल स्पोर्ट्स फेडेरेशन’का महासचिव तथा ‘एशियन बडी बिल्डिङ एण्ड फिट्नेस फेडेरेशन’का अध्यक्ष डातुक पाउल चुआ नेपाल आउने जानकारी सो अवसरमा दिइयो । सो प्रतियोगिताका लागि नेपालले आगामी वैशाखमा आयोजना हुने मिस्टर हिमालयबाट खेलाडी छनोट गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.