सरकार मिडिया व्यवस्थित गर्न चाहन्छ : मुख्यमन्त्री शाही

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही ‘रारा–कर्णाली पर्यटन वर्ष २०७५’ अवसरमा सोमबार सल्यानको वनगाड कुपिण्डे नगरपालिकाको कुपिण्डे तालमा आयोजना गरिएको पत्रकार सम्मेलनमा सम्बोधन गर्दै । तस्वीर ः शुरबहादुर सिंह, कर्णाली प्रदेश

सुर्खेत, २१ फागुन : कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सरकारले मिडियालाई व्यवस्थित गर्दै लैजाने बताउनुभएको छ ।

नेपाल पत्रकार महासङ्घका महासचिव रमेश विष्ट नेतृत्वको पाँच सदस्यीय मिसन टोलीसँग आज भएको भेटघाटमा उहाँले भन्नुभयो, “सरकारी, सामुदायिक र निजीलगायत सबै मिडियालाई व्यवस्थित गर्न जरुरी छ ।”

मुख्यमन्त्री शाहीले सरकारले आफ्नै मिडिया सञ्चालन गरेर सामुदायिक तथा निजी मिडिया बन्द गर्न खोजेको छैन भन्दै सरकारी मिडियाले सबै सञ्चारमाध्यमको नेतृत्व गर्ने गरी विकास गर्ने तवरबाट अघि बढ्नु आवश्यक रहेको बताउनुभयो ।

मिडियाले राष्ट्रियताका सवालमा कलम चलाउनुपर्नेमा जोड दिदैं उहाँले सञ्चारमाध्यमको विषयमा बृहत् बहसको खाँचो रहेको आवश्यकता औँल्याउनुभयो ।

‘रारा–कर्णाली पर्यटन वर्ष–२०७५’ अन्तरगत सोमबार सल्यानको वनगाड कुपिण्डे नगरपालिकाको कुपिण्डे तालमा डुङगामा सयर गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला र नेकपा कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाह । तस्वीर: शुरबहादुर सिंह, कर्णाली प्रदेश ।

महासङ्घका महासचिव रमेश विष्टले सम्पादकीय स्वतन्त्रता हुने गरी सञ्चारमाध्यम सञ्चालन हुनुपर्नेमा जोड दिनुभयो । टोलीमा महासचिव विष्टसहित, सचिव प्रकाश थापा, सदस्य लक्ष्मण कार्की, गोपाल बराइली, कलेन्द्र सेजुवाल, महासङ्घ कर्णाली प्रदेशका अध्यक्ष दुर्गा थापा, जिल्ला अध्यक्ष गणेशकञ्चन भारतीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.