नेकपा कर्णाली प्रदेश प्रमुख सचेतकमा शाह

गुलाबजंग शाह

 

सुर्खेत, १८ फागुन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेशसभा संसदीय दलको प्रमुख सचेतकमा प्रदेशसभा सदस्य गुलाबजंग शाह नियुक्त हुनुभएको छ ।

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री तथा नेकपा कर्णाली प्रदेश संसदीय दलका नेता महेन्द्रबहादुर शाहीले शाहलाई प्रमुख सचेतकमा नियुक्ति गर्नुभएको हो । दलको सचेतकमा प्रदेशसभा सदस्य सीता नेपालीलाई नियुक्ति दिइएको दलका नेतासमेत रहनुभएका मुख्यमन्त्री शाहीले बताउनुभयो ।

प्रमुख सचेतक शाह नियुक्त शाह वनगाड कुपिण्डे नगरपालिका– ६ सल्यान निवासी हुनुहुन्छ । उहाँ विसं २०७४ को प्रदेशसभाको चुनावमा सल्यान जिल्लाको प्रदेश ‘क’ बाट निर्वाचित हुनुभएको थियो ।

सचेतकमा नियुक्त प्रदेशसभा सदस्य नेपाली लेकबेँसी नगरपालिका सुर्खेत निवासी हुनुहुन्छ । उहाँ सुर्खेत निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित हुनुभएको थियो । प्रमुख सचेतक र सचेतक दुवैलाई नेकपा संसदीय दलको आज बसेको बैठकले चयन गरेको हो ।

सीता नेपाली
प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.