पाँचथर पावरको आइपिओ बिक्री शुरु

काठमाडौँ, १३ फागुन : पाँचथर पावर कम्पनी लिमिटेडले आजदेखि साधारण सेयर(आइपिओ) बिक्री सुरु गरेको छ ।

कम्पनीले रु १७ करोड ५० लाख २५ हजार बराबरको १७ लाख ५० हजार २५० कित्ता आइपीओ बिक्री शुरु गरेको हो । आयोजना प्रभावित स्थानीय बासिन्दाले समेत नकिनेको सात लाख ८७ हजार ७५० कित्ता थप गरी साधारण शेयर छिटोमा फागुन १६ गतेसम्म बिक्री हुनेछ ।

कूल निष्कासनमध्ये ३५ हजार पाँच कित्ता कम्पनीका कर्मचारी र ८७ हजार ५१२ कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरिएको छ । कम्पनीले पाँचथरमा १४ दशमलव ९ मेगावाटको हेवाखोला जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ । आयोजनाको कूल लागत रु दुई अर्ब ६१ करोड ४७ लाख रहेको कम्पनीका सञ्चालक पुष्पज्योति ढुङ्गानाले जानकारी दिनुभयो ।

केयर नेपाल लिमिटेडले गरेको रेटिङमा कम्पनीको आर्थिक अवस्था कमजोर रहेको भन्दै ग्रेड चार दिएको छ । कम्पनीको शेयर बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.