उपचारका क्रममा प्रजिअ भट्टराईको निधन

दुर्घटनामा परी सख्त घाइते भएका बाराका प्रजिअ गणेशप्रसाद भट्टराई

कलैया, ६ फागुन : बाराका प्रमुख जिल्ला अधिकारी गणेश भट्टराईको काठमाडौँस्थित टिचिङ अस्पतालमा आज दिउँसो निधन भएको छ ।

जिल्ला प्रशासन कार्यालय बाराका प्रशासकीय अधिकृत मुरारी कार्कीले उपचारका क्रममा प्रजिअ भट्टराईको दिउँसो निधन भएको बताउनुभयो ।

प्रजिअ भट्टराई, सीमा सुरक्षा बल गण नं १२ का गणपति सशस्त्र प्रहरी उपरीक्षक बलराम पोख्रेललगायतको टोली चढेको बा१झ १६३३ नं को गाडी माघ १२ शनिबार साँझ ७ बजे दुर्घटनामा परेको थियो । घटनामा गम्भीर घाइते प्रजिअ तथा अङ्गरक्षकको उपचार वीरगञ्जमा सम्भव नभएपछि थप उपचारका लागि काठमाडौँ लगिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.