विधिको शासनबाटै सुशासन

पोखरा, २८ माघ : गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले विधिको शासनबाटै सुशासन कायम गर्न सकिने बताउनुभएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २८औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उहाँले आयोगले कानून अनुरुप यो वा त्यो नभनी शुद्ध आचारणका साथ आफ्नो जिम्मेवारी बहन गर्नुपर्ने आवश्यकता औंँल्याउनुभयो ।

गण्डकी प्रदेशका प्रमुख सचिव लक्ष्मीराम पौडेलले प्रत्येक राष्ट्रसेवक कर्मचारीले आफ्नो जिम्मेवारी र दायित्वलाई आत्मसात गरी काम गर्न सके मात्र जनताले अपेक्षित सुविधा पाउने धारणा राख्नुभयो ।

आयोग पोखरा कार्यालय प्रमुख काशीराज दाहालले भ्रष्टाचार नियन्त्रणमा सबैको साथ र सहयोग अपरिहार्य हुने धारणा राख्नुभयो । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका पूर्व उपाध्यक्ष आनन्दराज मुल्मीले भ्रष्टाचाररहित समाजको निर्माणका लागि आयोगले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.