तीन विधेयक प्रदेशसभामा

पोखरा, १४ माघ : गण्डकी प्रदेशसभाको आजको बैठकमा विभिन्न तीन विधेयक प्रस्तुत भएका छन् ।

सभामा प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनमगरले सूर्तिजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रस्तुत गर्नुभएको छ । उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले औद्योगिक व्यवसाय विधेयक र ताल संरक्षण तथा विकास प्राधिकरणसम्बन्धी विधेयक सभामा प्रस्तुत गर्नुभयो ।

आजको बैठकले प्रदेश सवारी तथा यातायातसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक दफावार छलफलका लागि विधायन समितिका पठाएको छ । विधेयक माथिको समान्य छलफलमा इन्द्रलाल सापकोटा, विष्णुप्रसाद लामिछाने, कृष्ण थापा, हरिशरण आचार्य, विनोद केसी, जुनादेवी र धनञ्जय दवाडीले भाग लिँदै यातायात सेवालाई व्यवस्थित एवं प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभएको थियो ।

आजको बैठकमा शून्य समयमा इन्द्रलाल सापकोटा र चन्द्रमोहन गौचनले बोल्नुभयो भने विशेष समयमा इन्द्रधारा दाडु विष्ट, मेखलाल श्रेष्ठ, पियारी थापा, मणिभद्र शर्मा कँडेल, मीना गुरुङ, राजिव पहारी र दीपक कोइरालाले बोल्नुभएको थियो । अर्को बैठक मङ्गलबार दुई बजे बस्ने सभामुख नेत्रनाथ अधिकारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.