स्पर्श र अद्रित जुनियर टेनिसको फाइनलमा

काठमाडौँ, ८ माघ : यहाँ जारी १६औँ जयकर स्मृति राष्ट्रिय जुनियर टेनिस प्रतियोगितामा स्पर्श तिमिल्सना र अद्रित नेपाल फाइनलमा प्रवेश गरेका छन् ।

यू–९ छात्र एकल विधाको सेमिफाइनलमा स्पर्शले सम्खाहाङ राईलाई ४–२ र ५–३ तथा अद्रितले हिमेशराज गिरीलाई ४–१ र ४–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा पुगेका हुन् । सोही स्पर्धाको छात्रामा नाला मास्केले साम्राज्ञी लामालाई ४–२, ३–५ र १०–७ तथा प्राज्णा मानन्धरले युरन जियाङलाई ४–० र ४–० ले हराउँदै उपाधि भिडन्त पक्का गरे ।

यू–१२ ब्वाइज सिङ्गल्समा प्रणव मानन्धरले जेड आले मगरलाई ६–४ र ६–२, स्लोक कजेर खड्काले सक्षमकुमार गुप्तालाई ६–० र ६–०, आयुशमान हजुर घलेले बेदाङ गौतमलाई ६–० र ६–०, राजवीर प्रधानले निशाद जोशीलाई ६–१ र ६–० तथा सक्षमविक्रम शाहले बोरिस अधिकारीलाई ६–० र ६–१ ले पराजित गर्दै क्वार्टरफाइलनमा प्रवेश गरे ।

त्यस्तै सोही स्पर्धामा सरोज तामाङले सृजन भट्टराईलाई ६–० र ६–०, रुसात अरोराले शाश्वत वज्राचार्यलाई ६–२ र ७–५ तथा ऋद्भिक कार्कीले निश्चल कायस्थलाई ६–४ र ६–३ को सिधा सेटमा पाखा लगाउँदै क्वार्टरफाइनलमा प्रवेश गरे ।

यू–१० छात्रा एकमा समृद्धि महर्जनले कर्मिस्था श्रेष्ठलाई ६–१ र ६–४, अर्निका थापाले आर्या भर्गिसलाई ६–१ र ७–५, शैभी ढकालले आइसानी बटाजुलाई ६–० र ६–१ त्था प्रतिष्ठा लामाले नाला मास्केलाई ६–२ र ६–० ले पछ्याउँदै क्वार्टरफाइनलमा स्थान बनाए ।

यू–१२ छात्रा एकलमा प्रशंसा मोक्तानले अर्निका थापालाई ६–० र ६–० तथा इभा अधिकारीले प्रतिष्ठा लामालाई ६–१ र ६–१ को सोझो सेटमा निराश पार्दै सेमिफाइनल यात्रा तय गरे । छात्र डबल्समा जेड आले मगर र सौगात विक, प्रितम परियार र आयुशमान हजुर घले तथा चिराग तिमिल्सना र राजवीर प्रधानको जोडी आ–आफ्ना प्रतिद्वन्द्वीलाई पाखा लगाउँदै सेमिफाइनलमा स्थान सुरक्षित गर्न सफल रहे ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.