क्योकुसिन कराते टोली मङ्गलबार भारत जाने

काठमाडौँ, ७ माघ : अन्तर्राष्ट्रिय खुला क्योकुसिन कराते च्याम्पियनशिपमा सहभागी हुन आठ खेलाडीसहित १२ सदस्यीय नेपाली टोली मङ्गलबार भारतको मुम्बई प्रस्थान गर्ने भएका छन् ।

यही माघ १२ र १३ गते हुने प्रतियोगितामा छ पुरुष र दुई महिला खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । पुरुष ५० केजीमा दीपेन्द्र क्षेत्री, ५५ केजीमा आङ निमा शेर्पा, ६० केजीमा हरि दनुवार, ६५ केजीमा विकास गुरुङ, खुलामा सनीसिंह सुनुवार तथा कातामा सुनील नगरकोटीले प्रतिस्पर्धा गर्नेछन् । महिला ५० केजीमा शान्ति थापामगर तथा खुलामा मञ्जु विक सहभागी हुनेछन् ।

प्रशिक्षकमा प्रेम लामा र रेवतीप्रसाद सापकोटा तथा व्यवस्थापकमा विनोद पराजुली र अशोकजङ्ग दनुवार छन् । टोलीलाई सफलताको शुभकामना दिँदै अन्तर्राष्ट्रिय फेडरेसन अफ क्योकुसिन काइकान कराते नेपाल एशोसिएसन (आइएफकेके) का कार्यवाहक अध्यक्ष घनश्याम श्रेष्ठ र वरिष्ठ उपाध्यक्ष दामोदर नेपालले आज यहाँ आयोजित एक कार्यक्रमबीच बिदाइ गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.