विराटनगर महानगरपालिकामा प्रेसरकुकुर बम विष्फोटन

विराटनगर, २७ साउन : विराटनगर महानगरपालिकाको कार्यालय परिसरमा आज अपराह्न २ बजे अज्ञात व्यक्तिले प्रेसरकुकर बम विष्फोटन गराएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी निशान थापाका अनुसार उक्त विष्फोटनबाट महानगरपालिकाका झ्यालको सिसा फुटेको छ । प्रहरीले सुरक्षाका लागि महानगरपालिकाको विष्फोटन भएको स्थलमा जान रोक लगाई घेराबन्दी गरेको छ ।

विस्फोटबाट नगरप्रमुखको कार्यकक्षमा रहेको दराज, सोफा लगायतमा क्षति पुगेको छ । कार्यालय भवनको झ्यालका सिसा फुटेका छन् भने नगरप्रमुख पराजुलीले चढने गरेको को १ झ ४९४ नम्बरको गाडीमा पनि क्षति पुगेको छ ।

विस्फोट हुँदा महानगर प्रमुख पराजुलीको कार्यकक्षमा उपप्रमुख इन्दिरा कार्की लगायत केही जनप्रतिनिधि र सेवाग्राहीसँग छलफल गरिरहेका थिए । सेवाग्राहीसँग छलफल गरिरहेको समयमा एक्कासी ठुलो आवाजमा विस्फोट भएपछि मानवीय क्षति भने नभएको नगरप्रमुख पराजुलीले जानकारी दिए ।उक्त वम विष्फोटन कसले, कुन प्रयोजन र कुन सामग्री प्रयोग गरी गरेको हो भन्ने सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको सूचना अधिकारी थापाले जानकारी दिनुभयो । प्रहरीले आवश्यक अनुसन्धानपछि घटनाबारे विस्तृत विवरण दिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.