सुदूरपश्चिममा उत्तरायणी पर्व मनाइदै

डोटी, ३ माघ : डोटीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा आज बिहीबार बिहानैदेखि स्थानीयवासी धुमधामका साथ उत्तरायणी पर्व मनाइरहेका छन् । परापूर्वकालदेखि यहाँका पहाडी जिल्लामा प्रत्येक माघको ३ गते मनाइने यो चलन पर्वका रुपमा लिइदै आएको दिपायल गैराका स्थानीयवासी सोनु विकले बताउनुभयो ।

यस अवसरमा स्थानीयवासी सबै आ–आफ्नो पायक पर्ने ठाउँमा जम्मा भई नजिकैको खोला, जङ्गल तथा डाँडामा खाना पकाइ खान्छन् । दिनभरी सुदूरपश्चिमेली डेउडा खेल खेल्ने र रमाइलो गर्ने चलन नै उत्तरायणी पर्व हो । यो पर्वको दिन विवाह भएर आफ्ना घर गएकी छोरोबहिनी बोलाइ दान दक्षिणा दिने, उत्तरायणी मनाइने ठाउँमा खाना खुवाउने तथा छोरी आफ्नो घर जाँदा सेल रोटी पकाएर दिने चलन रहेको केआइसिंह गाउँपालिका–५ की स्थानीय सानु शाहीले बताउनुभयो ।

खानामा मासको पिठोको बटुक, सुदूरपश्चिमको प्रख्यात दाल डुुप्का, भात, सेल राटी पकाउँदै सबै एकै ठाउँमा बसेर खाना खाइन्छ । आगन्तुकलाई पनि खुवाउने चलन रहेको दिपायल घोल्तडाका स्थानीय नरेश भण्डारीले बताउनुभयो । उहाँले भन्नुभयो, “वर्षभरी भेटघाट नभएका छोरी चेली तथा बोलचाल नभएकासँग पनि भेटघाट हुने तथा बोलचाल हुने यो पर्वलाई मित्रताको दिनका रुपमा लिने गर्छन् ।”

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.