रामपुरमा अन्तर्राष्ट्रियस्तरको भलिबल प्रतियोगिता शुरु हुँदै

बेझाड, २ माघ : पाल्पाको रामपुरमा पहिलो पटक अन्तर्राष्ट्रियस्तरको खुला पुरुष भलिबल प्रतियोगिता आजबाट हुने भएको छ । नेपाल र भारतको सम्बन्धलाई प्रगाढ बनाउन पहिलो पटक यहाँ अन्तर्राष्ट्रियस्तरको इण्डो–नेपाल आमन्त्रित पुरुष भलिबल प्रतियोगिता गर्न लागिएको हो ।

दोस्रो रामपुर महोत्सव तथा व्यापार मेलाका अवसरमा आजदेखि खेलकूद उपसमितिको आयोजनामा हुने प्रतियोगितामा भारतका चार समूह, प्रदेश नं १ को एक समूह, गुल्मी लगायतका दश समूहको सहभागिता रहने संयोजक शङ्कर खाँणले बताउनुभयो ।

प्रतियोगितामा प्रथम पुरस्कार नगद रु एक लाख ५० हजार, द्वितीय पुरस्कार नगद रु एक लाख र तृत्तीय पुरस्कार नगद रु ५० हजार रहेको छ । प्रतियोगिता सञ्चालनका लागि करीब रु १२ लाख बराबरको रकम लाग्ने अनुमान आयोजकको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.