फ्रेण्ड्स र एनआरटीले अङ्क बाँडे

काठमाडौँ, ११ पुस : शहीद स्मारक ‘ए’ डिभिजन लिगमा फ्रेण्ड्स क्लबले न्युरोड टिम एनआरटीसँग बराबरी खेलेको छ । 

हल्चोकस्थित एपिएफको खेल मैदानमा आज भएको तेस्रो खेलमा दुवै टोलीले एक÷एक गोलको बराबरी खेल्दै अङ्क बाँडेका हुन् । खेलको ४३औँ मिनेटमा एनआरटीले सुशील लामाको गोलबाट अग्रता लिएको थियो । उनले प्रहार गरेको बल फ्रेण्ड्सका डिफेण्डरसँग ठोक्किएर गोलमा परिणत भएको थियो । 

पहिलो हाफमा १–० गोलले अग्रता कायम गरेको एनआरटीले दोस्रो हाफमा अग्रता जोगाउन नसक्दा अङ्क बाँड्न बाध्य भयो । खेलको ७८औँ मिनेटमा फ्रेण्ड्सले असिम भुुषालको गोलमाफर्त खेल बराबरीमा ल्याएको थियो । त्यसपछि खेलमा दुवै टोलीले गोल गर्न सकेनन् र दुवै टोलीले अङ्क बाँड्न बाध्य भए । दुवै टोलीले खेलको अवसर सिर्जना गरे पनि गोलमा परिणत गर्न सकेनन् । 

बराबरीपछि एनआरटी पाँच अङ्कसहित तालिकाको अन्तिममा यथावत् छ । लिगको ११आँै स्थानको फ्रेण्ड्सले नौ अङ्क जोड्न सफल भयो । एघारौँ चरणसम्म आइपुग्दा जारी लिगमा एनआरटीले हालसम्म एउटा मात्र खेल जित्न सकेको छ । 

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.