नागरिकको न्यायमा ध्यान दिन प्रधानन्यायाधीशको आग्रह

काठमाडौँ, ६ पुस : प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले नागरिकमा न्यायको पहुँच पु¥याउने कार्यमा सबै कानून व्यवसायीले ध्यान दिनुपर्ने बताउनुभएको छ ।

नेपाल कानून व्यवसायी परिषद्को रजत महोत्वसका अवसरमा आयोजित अभिनन्दन कार्यक्रममा उहाँले न्यायमा पहुँच पु¥याउने काममा कानून व्यवासयीले ध्यान दिनुपर्ने बताउनुभयो ।

प्रधानन्यायाधीश मिश्रले भन्नुभयो, “सबै कानून व्यवसायीको भूमिकाको अन्तिम गन्तव्य न्याय नै हो, यसमा सबै कानून व्यवसायीले ध्यान दिनुपर्छ ।” उहाँले परिषद्ले न्यायको विकासमा गरेको योगदानको प्रशंसा गर्दै आगामी दिनमा अझ प्रभावकारी काम गर्न आग्रह गर्नुभयो ।

सो अवसरमा वरिष्ठ अधिवक्ताहरू राधेश्याम अधिकारी, कृष्णप्रसाद पन्त, हरिहर दाहाल, सिन्धुनाथ प्याकुरेल, शम्भु थापा, विश्वकान्त मैनाली, प्रेमबहादुर खड्का, राजेन्द्रबहादुर साउदलाई कानूनको क्षेत्रमा विशेष योगदान पु¥याएको भन्दै अभिनन्दन प्रधानन्यायाधीश मिश्रले गर्नुभएको थियो ।

अभिनन्दनपछि वरिष्ठ अधिवक्ताहरू अधिकारी, दाहाल र मैनालीले कानून व्यवसायलाई व्यवस्थित र विकास गर्न परिषद्को महत्वपूर्ण भूमिका रहेको बताउनुभएको थियो । सो अवसरमा स्वर्गीय वरिष्ठ अधिवक्ता वासुदेव ढुङ्गानाको स्मरण गर्दै उहाँको योगदानको विषयमा वृत्तचित्र प्रस्तुत गरिएको थियो । परिषद्का अध्यक्ष तथा महान्यायाधिवक्ता अग्नि खरेलले परिषद्ले विगतमा गरेका कामको समीक्षा गर्दै आगामी दिनमा अझ प्रभावकारी तरिकाले काम गर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.