प्रदेशसभा सदस्य घर्तीको निधन

बागलुङ, २७ मङ्सिर : गण्डकी प्रदेशका प्रदेशसभा सदस्य टेकबहादुर घर्तीको निधन भएको छ ।

कलेजोसम्बन्धी रोगबाट ग्रसित घर्तीको गए राति भारतको दिल्लीस्थित एपोलो अस्पतालमा निधन भएको राष्ट्रिय जनमोर्चा बागलुङका अध्यक्ष अमर थापाले जानकारी दिनुभयो ।

नेपालमा उपचार हुन नसकेपछि उहाँलाई मङ्गलबार एयर एम्बुलेन्सबाट दिल्ली लगिएको थियो । त्यसअघि घर्तीलाई काठमाडौँस्थित ग्राण्डी अस्पतालको सघन कक्षमा राखेर उपचार भइरहेको थियो ।

बागलुङ निर्वाचन क्षेत्र नं २ (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको ४७ वर्षीय घर्तीको जन्म बागलुङ ढोरपाटन नगरपालिकाको अधिकारीचौरमा भएको थियो । उहाँ राष्ट्रिय जनमोर्चा बागलुङको जिल्ला सदस्यसमेत हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.