आनन्द र पुष्प लेभल टु प्रशिक्षक हुन सफल

काठमाडौँ, २३ मङ्सिर : ट्रायथलनका प्रशिक्षकद्वय आनन्द लेप्चा र पुष्परत्न बज्राचार्य लेभल टु प्रशिक्षक प्रशिक्षण कोर्षमा उत्तीर्ण हुन सफल हुनु भएको छ ।

दक्षिण कोरियाको इन्चोन सहरमा अन्तर्राष्ट्रिय ट्रायथलन महासङ्घले आयोजना गरेको प्रशिक्षक प्रशिक्षण कोर्षमा सहभागी भएका प्रशिक्षकद्वय लेप्चा र बज्राचार्यले उक्त परीक्षा सफलतापूर्वक सम्पन्न गर्नुभएको नेपाल ट्रायथलन सङ्घका अध्यक्ष निलेन्द्रराज श्रेष्ठले जानकारी दिनुभयो ।

यसअघि प्रशिक्षक युवराज सुनुवारले मात्र उक्त लेभल टु प्रशिक्षक प्रशिक्षण कोर्ष उत्तीर्ण गर्नुभएको थियो । सुनुवार उक्त प्रशिक्षण उत्तीर्ण गर्ने दक्षिण एशियाका एक मात्र प्रशिक्षक हुनुहुन्छ । अब नेपालमा लेभल टु उत्तीर्ण तीन प्रशिक्षक भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.