आइपिओ बिक्री गर्दै घलेम्दी

काठमाडौँ, १८ मङ्सिर : म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा आयोजना स्थल रहेको घलेम्दी खोला जलविद्युत् आयोजनाले रु १५ करोड ५५ लाख ७७ हजार बराबरको साधारण शेयर(आइपिओ) बिक्री गर्ने भएको छ ।

घलेम्दी हाइड्रो पावर प्रालिले म्याग्दीमा चार मेगावाट क्षमताको आयोजना सञ्चालन गरिरहेको छ । धितोपत्र बिक्रीका लागि नेपाल धितोपत्र बोर्डले सो आयोजनालाई स्वीकृति दिएको छ । आयोजनाले केही समय पहिले आयोजना प्रभावित म्यादीवासीका लागि साधारण शेयर बिक्री गरेको थियो ।

कम्पनीले गत असार २२ गतेदेखि साउन २२ गतेसम्म आयोजना प्रभावित क्षेत्रका लागि पाँच लाख ५० हजार कित्ता साधारण शेयर बिक्री गरेको थियो । त्यसमा कूल ९४ हजार २३० कित्ता शेयर मात्रै बिक्री भएको थियो ।

स्थानीय आयोजना प्रभावितलाई बिक्री गर्दा बाँकी रहेको आयोजनाले सर्वसाधारणलाई साधारण शेयर बिक्री गर्न लागेको हो । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा भिवोर क्यापिटल लिमिटेड छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.