शेयर बजारप्रति सचेतना बढ्दै

खस्यौली, १४ मङ्सिर: प्रदेश नं ५ का केही जिल्लामा शेयर बजारप्रति लगानीकर्तालाई आर्कषण गराउने प्रयासको थालनी भएको छ । शेयर बजार, सम्भावना, चुनौती, डिम्याट, लगानी गर्ने अवसर, पर्खने अवस्था लगायतका विविध विषयमा तालीम र अन्तक्र्रियामा जानकारी दिइएको सफल नेपाल इन्भेष्ट कम्पनी, रुपन्देहीका अध्यक्ष कमल तिवारीले जानकारी दिनुभयो ।

उहाँले शेयर बजार सचेतनाको काम हुनुका साथै शेयर बजारसम्बन्धी सम्पूर्ण प्रक्रिया, ज्ञान र अनुभव कार्यक्रममा सहभागी भएकालाई जानकारी दिइएको उल्लेख गर्नुभयो । “शेयर बजार भनेको अनुभव हुनेले पैसा कमाउने हो र पैसा हुनेले अनुभव कमाउने हो” अध्यक्ष तिवारीले भन्नुभयो”, उहाँले भन्नुभयो । उहाँले अहिले सुक्ष्मरूपमा बुझेकाले शेयर बजारमा लगानी बढाएको जानकारी दिँदै शेयर बजार अहिले पनि बुलिस टे«ण्ड (बढ्दो) अवस्थामा रहेको जिकिर गर्नुभयो ।”

अब यो भन्दा धेरै तल शेयर बजार नजाने दावी गर्दै तिवारीले प्रदेश नं ५ को पाल्पा, रुपन्देहीको शङ्करनगर, बुटवल, कपिलवस्तु लगायतका ठाँउमा शेयर बजार सम्बन्धी अन्तक्र्रिया र तालीम भएको बताउनुभयो ।
दक्षिणकाली सेक्युरिटिज प्रालि ३३ नं दलाल कार्यालय, बुटवलका शङ्कर भण्डारीले शेयर बजारसँग सम्बन्धित विषय दलाल कार्यालयका तर्फबाट पनि कार्यक्रममा सहभागिता रहेको समेत जानकारी दिनुभयो । आर्यनतारा सेक्युरिटिज प्रालिका टेकराज भट्टराईले शेयर कारोवार कसरी गर्ने र डिम्याट कसरी सञ्चालन गर्ने भन्ने विषयमा सहभागीलाई जानकारी गराइएको जानकारी दिनुभयो । बुटवलमा पाँच वटा शेयर दलाल कार्यालय छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.