गाउँपालिकाले मृतक र घाइतेलाई सहयोग गर्ने

डोटी, १४ मङ्सिर: केआइसिँह गाउँपालिकामा सोमबार भएको ट्र्याक्टर दुर्घटनामा परी ज्यान गुमाउने र घाइतेलाई राहतस्वरुप आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।

केआइ सिंह कार्यपालिकामा बसेको बैठकले दुर्घटनामा परी ज्यान गुमाएका मृतकका परिवारलाई रु ३० हजार र घाइतेलाई रु २० हजार सहयोग गर्ने निर्णय गरेको केआइसिंह गाउँपालिकाका अध्यक्ष लोकेन्द्र शाहीले बताउनुभयो । साथै गाउँपालिकाले एक शोक वक्तव्य जारी गरी डाक्टर केआइ सिंह गाउँपालिकामा भएको दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ ।

गएको सोमबार केआइसिंह गाउँपालिका–३ मा से १ त ६६४९ नं को ट्र्याक्टर दुर्घटना हँुदा सोही गाउँपालिका– ३ देउकडा बस्ने वर्ष ३४ को घनश्याम मल्लको जनाको ज्यान गएको थियोे भने दुईजना सोही गाउँपालिका बस्ने वर्ष १८ को मीन बम, वर्ष १८का उपेन्द्र बम घाइते भएका थिए । केआइसिंह वडा नं ३ अनारखोलाबाट बालुवा लगेर जाँदै गर्दा दुर्घटना भएको थियोे ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.