यसपटकको जलयात्रा मस्र्याङ्दी नदीमा
काठमाडौँ, ६ मङ्सिर : नेपाल एशोसिएशन अफ ¥याफ्टिङ एजेन्सिज (नारा)द्वारा संयोजित १७ औँ संस्करणको अन्तर्राष्ट्रिय साहसिक जलयात्रा यसपटक मस्र्याङ्दी नदीमा आयोजना हुने भएको छ ।
‘हिमालयन ह्वाइट वाटर च्यालेञ्ज’ नाम दिइएको सो साहसिक प्रतियोगिता आगामी मङ्सिर ८ देखि १० गतेसम्म सो नदीमा सञ्चालन हुनेछ । नाराले यस प्रकारको प्रतियोगिता सन् २००२ देखि नेपालका विभिन्न नदीमा सञ्चालन गर्दै आएको छ ।
प्रतियोगिताका बारेमा जानकारी दिने उद्देश्यले आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त प्रतियोगितामा कायक डाउन रिभर रेस, स्ट्रिम कायक सलमम, बोटरक्रस (हेड टू हेड) गरी तीन प्रकारका जलयात्रा हुने जानकारी दिइयो । तीनै प्रकारका प्रतियोगितामा महिला र पुरुष अलग अलग रुपमा रोमाञ्चकारी प्रतिस्पर्धामा रहनेछ ।
स्वदेशी तथा विदेशी गरी ३०० को सहभागिता हुने र तीमध्ये ६० प्रतिशत स्वदेशी तथा ४० प्रतिशत विदेशी जलयात्राका पारखी खरो रुपमा उत्रने आयोजकले जनाएका छन् । ती तीनै प्रकारका प्रतियोगितमा प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्नेलाई प्रमाणपत्रसहित नगद क्रमशः रु ५०, ३० र २० हजारको व्यवस्था गरिएको नाराका महासचिव शिव अधिकारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार प्रतियोगिता सम्पन्न गर्न करीब रु ५० लाख खर्च हुनेछ ।
नेपालका भोटेकोशी, सुनकोशी, कर्णाली तथा त्रिशूली नदी विश्वका उत्कृष्ट साहसिक जलयात्राका नदीअन्तर्गत पर्दछन् । प्रतियोगिताले नेपालको साहसिक जलयात्रा पर्यटनको विकास र प्रवद्र्धन गर्न कोशेढुङ्गाको काम गर्ने नाराका कोषाध्यक्ष शिशिर खनालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “साहसिक जलयात्रामार्फत आन्तरिक तथा बाह्य पर्यटक प्रवद्र्धन गर्न प्रतियोगिताले सहयोग गरिराखेको छ ।”
दु्रत तथा स्थिर गतिमा बग्ने नदीका छाल, न्यायोपानी तथा वातावरण, नदी आसपासका अकल्पनीय मनोरम दृश्यको रस्वासदन जलयात्राबाट उठाउन सकिन्छ । हाल अमेरिका, बेलायत, आइसल्याण्ड, जापान, इटली, टर्कीका देशमा नेपाली रिभर प्रदर्शक (गाइड) क्रियाशील रहेका छन् ।
