ओलम्पिक छनौटको दोस्रो खेलमा नेपाल म्यान्मा प्रतिस्पर्धा गर्दै 

काठमाडौँ, २५ कात्तिक । ओलम्पिक महिला फुटबलको एशियन छनौटको दोस्रो खेलमा नेपालले आज घरेलु टोली म्यान्मासँग प्रतिस्पर्धा गर्दैछ ।

छनौटको पहिलो खेलमा भारतसँग बराबरी खेलेको नेपालले म्यान्मासँग खेल्न लागेको हो । खेल म्यान्माको याङ्गोनस्थित थुनुवा स्टेडियममा नेपाली समयअनुसार बेलुका ५ः१५ मा शुरु हुनेछ ।

दोस्रो चरणमा पुग्ने लक्ष्य लिएको नेपाललाई दोस्रो चरणको यात्रा कायम गर्न म्यान्मासँग अङ्क खोस्नुपर्नेछ । तर बलियो घरेलु टोली म्यान्मालाई रोक्नु नेपालका लागि कठिन चुनौती हुनेछ । म्यान्माले आफ्नो पहिलो खेलमा बङ्गलादेशलाई ५–० ले हराएर आफूलाई प्रमाणित गरिसकेको छ । नेपालले भने भारतसँग १–१ गोलको बराबरी खेलेको थियो ।

समूह ‘सी’मा रहेको म्यानमा तीन अङ्क जोडेर शीर्षस्थानमा छ नेपाल एक अङ्क जोडेर तालिकाको दोस्रो तथा भारत पनि समान एक अङ्क जोडेरे तेस्रो स्थानमा छ । बङ्गलादेश भने अङ्कविहीन हुँदै तालिकाको अन्तिम स्थानमा छ । प्रत्येक समूहका विजेता र उपविजेताले दोस्रो चरणको छनौटमा स्थान बनाउनेछन् ।

यस्तै तेस्रो हुनेमा उत्कृष्ट दुईले समेत दोस्रो चरणको यात्रा तय गर्नेछन् । ओलम्पिकका लागि पहिलो चरणमा एशियाबाट १८ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । समूह ‘ए’ र ‘बी’ मा पाँच–पाँच राष्ट्र रहेका छन् भने समूह ‘सी’ र ‘डी’ मा चार–चार टोली रहेका छन् । प्रत्येक समूहका विजेता र उपविजेताले दोस्रो चरणको छनौटमा स्थान बनाउनेछन् । यस्तै तेस्रो हुनेमा उत्कृष्ट दुईले समेत दोस्रो चरण पुग्नेछन् ।

ओलम्पिकको एशियन छनोटअन्तर्गत नेपाल रहेको समूहमा ‘सी’मा भारत, म्यान्मा र बङ्गलादेश छन् । नेपालले समूह चरणको अन्तिम खेलमा २७ गते बङ्गलादेशसँग प्रतिस्पर्धा गर्नेछ । दुई साता लामो चीनमा प्रशिक्षण गरी नेपाली टोली म्यान्मा प्रस्थान गरेको हो ।

चीनमा रहँदा नेपाली टोलीले त्यहाँ तीनवटा मैत्रीपूर्ण फुटबल खेल खेलेको थियो । न नेलीमा २२ खेलाडी, दुई प्रशिक्षक र दुई अफिसियल छन् । प्रशिक्षकमा हरि खड्का र मृगेन्द्रप्रसाद मिश्र, टोली नेतामा दीर्घबहादुर केसी र व्यवस्थापकमा कमला हीराचन थकाली रहेका छन् ।

नेपाली टोलीमा गोलकिपरम एञ्जिला तुम्बोप्पो सुब्बा, रुपा राना मगर, लिला लाम्गाडे, डिफेण्डरमा गीता राना, रञ्जना दर्जी, हीराकुमारी भुजेल, मनमाया लिम्बू, अमृता जैसी, मेनुका गिरी, कविता धिमाल, पुनम मगर, मिडफिल्डरमा रेनुका नगरकोटी, दीपा राई, इन्दिरा राई, बिमला चौधरी, दीपा अधिकारी, अनिता बस्नेत, दीपा न्यौपाने, स्ट्राइकरमा अनिता केसी, सावित्रा भण्डारी, निरु थापा र शर्मिला थापा छन् ।

अन्तर्राष्ट्रिय पदक विजेता खेलाडी सम्मानित

बज्रबाराही मुँवा थाई क्लब र टीकाभैरव बुदोकैदो शाखाले संयुक्तरुपमा अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई आज सम्मान गरेको छ ।

थाइल्याण्डमा गत अगष्ट १९ र २० तारिखमा सम्पन्न दोस्रो थाइल्याण्ड गभरमेन्ट अथोरिटी क्योकुशिन अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्णपदक विजेता विजय सिंह, रजत पदक प्राप्त दिपेश सापकोटा र तेस्रो स्थान हात पार्ने कवीराज मालीलाई यहाँ आयोजित कार्यक्रममा गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जनले सम्मानपत्र प्रदान गर्दै सम्मान गर्नुभयो ।

त्यसैगरी नेपालमा नै आयोजना भएको तेस्रो अन्तर्राष्ट्रिय मुँवाथाइ च्याम्पियनसिपमा स्वर्ण पदक प्राप्त गर्ने शर्मिला गुरुङ ४५ केजी, गुणराज खचाल ६० केजी, रावल श्रेष्ठ ६५ केजी, सन्देश मानन्धर ७० केजी तथा ५५ केजीमा रजत पदक प्राप्त गर्ने कविन देशार पनि सम्मानित भए ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.