स्वर्ण पदक विजेता मुन्नी सम्मानित

काठमाडौँ, १३ कात्तिक : बेलायत ओर्चेस्टरमा भएको विश्व उमा कुङफु च्याम्पियनसिपकी स्वर्ण विजेता मुन्नी सुवेदी लामा आज सम्मानित हुनुभएको छ ।

गल्कोट समाज, युकेले आफ्नो दोस्रो वार्षिकोत्सवका अवसरमा ओर्चेस्टरमै आयोजना गरेको कार्यक्रममा पदक जितेर नेपालको नाम उच्च गरेकोमा उहाँलाई सम्मान गरेको नेपाल उमा कुङफु सङ्घका अध्यक्ष सिद्धार्थ लामाले जानकारी दिनुभयो । उक्त च्याम्पियनसिप गत असोज १९ देखि २१ गतेसम्म भएको थियो ।

अध्यक्ष तामाङका अनुसार बेलायतका लागि नेपालका राजदूत डा दुर्गाबहादुर सुवेदी र गल्कोट समाजका अध्यक्ष राजु कँडेलले संयुक्तरुपमा सम्मानपत्रद्वारा मुन्नीलाई सम्मान गर्नुभयो । मुन्नीले गत अगष्टमा जर्मनीमा भएको १२ औँ विश्व मार्सल आर्ट्स च्याम्पियनसिपमा पनि कास्य पदक जित्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.